सय रुपैयाँले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार एक सय रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य आइतबार प्रतितोला ८९ हजार ५०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार चाँदीको मूल्यमा भने स्थिर रहेको छ । शुक्रबार प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार