गुजरातको एक अस्पतालको कोभिड वार्डमा आगलागी, १८ बिरामीको मृत्यु

भारतको गुजरातको भरुच शहरस्थित पटेल वेलफेयर अस्पतालमा आगलागी हुँदा कम्तिमा १२ जना कोभिडका बिरामीको मृत्यु भएको छ । शुक्रबार राति साढे १२ बजेतिर आईसीयु वार्डसम्म आगो फैलिएको थियो ।

आगलागी पछि अस्पतालमा भागदौड मच्चिएको थियो । घटनालगत्तै बाँकी बिरामीलाई अन्य अस्पतालमा सारिएको अधिकारीहरुले जनाएका छन् ।

बीबीसीकाअनुसार अस्पतालको वार्डमा ५० जना बिरामी भर्ना भएका थिए । अस्पतालको पहिलो तलामा कोरोना संक्रमित बिरामीहरूको उपचार हुँदै आएको थियो । अस्पतालमा भर्ना भएका बिरामीलाई स्थानीय तथा दमकलकर्मीको सहयोगमा उद्धार गरिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार