माछापुच्छ्रे बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित MBL M- Smart

बैंकिङ्ग क्षेत्रमा नयाँ  स्मार्ट सुविधाहरुसहित विभिन्न ट्रेण्ड सेट गर्दै आएका माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित mobile banking App, MBLM-Smart ​ को सुरुवात गरेको छ । यस अघि Machhapuchchhre Mobile Money (M3)​ को रुपमा संचालनमा रहेका मोवाईल बैंकिङ्ग एपलाई बैंकले OMNI​ च्यानलमा आधारित अपरिस्कृत र परिमार्जित गरी MBLM-Smart ​ को रुपमा शुभारम्भ गरेको हो ।

नयाँ सुविधासहित शुभारम्भ गरिएको MBL M–Smart app ​मा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ Self-Registration​ गर्न सकिने मोवाईलबाटै खाता खोल्न सकिने, मोवाईल फोनबाट नै लोन लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोवाईलमा नै हेर्न सकिने, नेपालक्युआर scan​ गरी QR ​ भुक्तानी गर्न मिल्ने, विभिन्न मोवाईल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ति पानीको बिल, फन्ड ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधा रहेको बैंकले जनाएको छ  ।

समय सापेक्ष आफ्ना सेवा सुविधालाई थपपस्किृत र परिमार्जित गर्दै लैजाने रणनिती तथाग्राहकलाई पूर्णरुपमा डिजिटल सेवाहरु प्रदानगर्ने लक्ष्य सहित अगाडी बढिरहेको यस बैंकले नेपालमै पहिलो पटक we chat pay सुरुवात गरेका थियो । त्यस्तै आर्टिफिसियल इन्टेलेजेन्सीमा आधारित च्याटबट “माया” पनि नेपालमा पहिलो पटक माछापुच्छ्रे बैंकले नै शुभारम्भ गरेको हो । बैंकले ओम्नी च्यानलमा आधारित अत्याधुनिक कल सेन्टर, व्यक्तिगत तथा कर्पोरेट इन्टरनेट बैंकिङ्ग, आफ्नै वालेट च्झष्तब्उउ, लगायतका यस्ता थुपै सुविधाहको माध्यमबाट ग्राहकहरु बैंक आउनै पर्ने बाध्यता कम गर्दै लगेको छ । नयाँनयाँ डिजिटल सेवाको साथमा ग्राहकहरुलाई डिजिटल युगको अनुभव प्रदान गर्दै आफुलाई एउटा स्मार्ट बैंकको रुपमा सधै अग्रस्थानमा राख्न सफल भएको छ ।

बैंकले MBL M–Smart लाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दै ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप संचालनमा ल्याएको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार