कंगनाले शाहरुख, अक्षय र रणवीरलाई बनाइन् निशाना, सलमानको तारिफ

ओटीटीमा एकता कपूरको विवादित शो लक अप होस्ट गरिरहेकी अभिनेत्री कंगना रनौतले यस पटक शाहरुख खान र अक्षय कुमार जस्ता स्टारहरूलाई निशाना बनाएकी छिन् । एकता कपूरले रियालिटी शो बिग बोसको तर्जमा ओटीटीमा एउटा शो सुरु गरेकी छिन्, जसको नाम लक अप राखिएको छ। यस शोमा प्रतियोगीहरु खुलेरै एकअर्कालाई गाली गर्ने र कहिलेकाहीँ सीमा नाघ्ने गरेको देख्न सकिन्छ । तर, यो शो होस्ट गरिरहेकी कंगना सधैं आफ्नो शो अरु भन्दा फरक भएको बताउँछिन् ।

कयौं पटक उनले आफ्नो नाम नलिई बिग बोसलाई निशाना पनि बनाएका छन् । तर, यसपटक उनले हिन्दी फिल्म उद्योगका धेरै चर्चित अनुहारलाई निशाना बनाएका छन् । इन्स्टाग्राममा कंगनाले लेखेकी छिन्, ‘शाहरुख खान, अक्षय कुमार, प्रियंका चोपडा र रणवीर सिंह जस्ता धेरै सफल कलाकारहरूले होस्टिंगमा हात अगाडी सार्ने प्रयास गरे । तर उनीहरु सफल हुन सकेनन् ।’

‘यी असफल होस्टहरू हुन्। अहिलेसम्म अमिताभ बच्चन जी, सलमान खान जी र कंगना रनौतले मात्र सुपरस्टार होस्ट बन्ने गौरव हासिल गरेका छन्। म यस लिगको एक हिस्सा हुन पाउँदा सम्मानित महसुस गर्छु।’कंगनाले थपिन् ।

यति मात्र होइन, कंगनाले थप लेखेकी छिन्– ‘काश मैले यो कुरा स्पष्ट गर्न नपरोस् । तर, ईर्ष्यालु फिल्म माफियाले मलाई र मेरो शोलाई बदनाम गर्न सबैथोक गरिरहेको छ। त्यही भएर मैले यो सबै गर्नुपरेको हो । र मलाई पछुताउनु पनि छैन।’

अन्त्यमा, कंगनाले लेखेकी छिन्– ‘तपाईको पुस्ताको एक मात्र सफल होस्ट हुन पाउनु अचम्मको कुरा हो । कौन बनेगा करोडपतिको होस्ट अमिताभ बच्चन छन् भने सलमान खान बिग बोसको होस्ट हुन् । शाहरुख खानले एक पटक केबीसी होस्ट गरेका थिए, जुन त्यति सफल भएन । तर, अक्षय कुमार खतरों के खिलाडीको होस्ट हुन् । जबकि हालै रणवीर सिंहले द बिग पिक्चर शो होस्ट गरेका थिए । तीनिहरु खासै सफल भएनन् ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार