मगर चलचित्रमा पहिलो पटक सागर आले

मगरको छोरी बोलको गीतमा नेपाल आईडलबाट चर्चामा आएका गायक सागर आलेले पहिलो पटक मगर चलचित्र ‘उखान’मा आफ्नो आवाज दिएको छ। सागर आले र तुलसी घर्तीमगर को आवाज रहेको गीत बजारमा आईसकेको छ । चलचित्र उखान निर्देशक प्रकाश कुमार दर्लामीले बताएको हो। मगरको छोरी बोलको गीत रामबजार, पोखरा कास्किमा सुटिङ गरिएको २ सातामा रिलिज गरिएको हो ।

चलचित्रमा कलाकार खड्ग बहादुर पुन (खबपु), प्रकाश कुमार दर्लामी, रिमा काउचा मगर, काजिमान पुलामी, धनमाया सोति मगर, हेमा पुन मगर, बलबिक्रम थापा, सावित्री रानामगर, मेक आले, शंकर सुनुवार, दीपक योगी, लक्ष्मी श्रेष्ठ र बाल कलाकारमा नम्रता पुन मगरको मुख्य अभिनय रहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार