गायक राजु लामा र अभिनेत्री दीया पुनले सगरमाथा आरोहण गर्ने

गायक राजु लामा र अभिनेत्री दीया पुनले सगरमाथा आरोहणका लागि तयार भएका छन् । सोमबार उनीहरूले पत्रकार सम्मेलन गर्दै आफूहरू आरोहणका लागि निस्कन लागेको जानकारी गराएका हुन् ।

अभिनेत्री दीया पुनले ६ तारिखबाट आरोहण यात्रा थाल्नेछिन् भने राजु लामाले १० तारिखबाट बेस क्याम्पको यात्रा थाल्ने जानकारी गराएका छन् । अभिनेत्री दीया पुनले विश्वकै अग्ला सात हिमाल चढ्ने लक्ष्य रहेको र यही लक्ष्यअनुसार सगरमाथा चढ्न लागेको जानकारी गराइन् ।

उनले एलिट एक्सपेडिसनसँग मिलेर सगरमाथा आरोहण गर्नेछिन् । एलिट एक्सपेडिसन निम्स पूर्जाको कम्पनी हो । निम्स भर्खरै नेटफ्लिक्सको ‘१४ पिक्स’ फिल्ममार्फत विश्वभर छाएका थिए ।

गायक राजु लामाले वातावरण परिवर्तनका असरबोर जनचेतना जगाउन पनि आफू हिमाल आरोहण गर्न लागेको बताए । उनले आरोहणकै दौरानमा कन्सर्ट गर्न लागेको पनि जानकारी गराएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार