रणविर कपुर र आलिया भट्टको बिहे १७ अप्रिलमा

बलिउड अभिनेता रणविर कपुर र अभिनेत्री आलिया भट्टको बिहेको मिति तोकिएको छ ।भारतीय सञ्चार माध्यमहरूका अनुसार यही अप्रिलको दोस्रो साता यो जोडी लगन गाँठोमा कसिन लागेको हो ।

१७ अप्रिलमा बिहे हुने बताइए पनि उनको स्वास्थ्यका कारण केही दिनअघि पछि बिहे हुनसक्ने बताइएको छ । रणविर र आलिया लामो समयदेखि रिलेसनमा छन् । तर, बिहेको पक्का मिति भने स्पष्ट पारिएको छैन । आलियाका मामा घरका हजुरबुबा निकै बिरामी रहेको र उनले आफ्नी नातिनी आलिया र रणविरबीच बिहे भएको हेर्न चाहेको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार