बलिउडकी प्रसिद्ध गायिका सरगमले गाइन नेपाली गीत

बलिउडकी प्रसिद्ध गायिका साधना सरगमले एक नेपाली ‘शान्ति गीत’ गाएकी छन् । एडभरटाइजिङ नेपालको प्रस्तुति रहेको गीतमा हेमप्रभास अधिकारीको शब्द र सन्तोष श्रेष्ठको संगीत छ । भाइचारा र विश्व बन्धुत्वको भावना जागृत गराउने अभिप्रायका गीत बनाएको संगीतकार श्रेष्ठले बताए ।

भारतको मुम्बईस्थित आर्यन रेकर्डस् स्टुडियोमा गीत रेकर्ड गरिएको हो । ‘मैले धेरै समयपछि बडो उत्साहका साथ फेरि नेपाली भाषाको गीत गाउने अवसर प्राप्त गरेँ, अन्य गीतहरुभन्दा यस शान्ति गीतको भाव फरक रहेको हुँदा यसप्रति मेरो झुकाव बढेको हो’ गायिका साधनाको शब्द सन्तोषले सुनाए, ‘मैले यस गीतको माध्यमबाट विश्वव्यापी रुपमा शान्ति र सद्भाव फैलँदै जाने आशा गरेकी छु ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार