‘आरआरआर’ले एक हप्तामै कमायो ७५० करोड भारू

प्रदर्शनमा आएको दोस्रो हप्तासम्म नै साउथ फिल्म ‘आरआरआर’ले विश्वभर राम्रो व्यापार गरिरहेको छ।एसएस राजामौलीले निर्देशन गरेको फिल्म ‘आरआरआर’ ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ। अहिलेसम्मको कलेक्शनलाई हेर्दा कुनै पनि फिल्मले ‘आरआरआर’को तीब्र गतिलाई रोक्न मुस्किल पर्ने देखिएको छ।

जुनियर आरटिआर तथा राम चरण स्टारर यो फिल्मले बक्स अफिसमा अनुमान गरिएको भन्दा दुई गुणा बढी आम्दानी गरिरहेको छ।तेलुगू स्वतन्त्रता सेनानीहरु अल्लूरी सीताराम राजू तथा कोमाराम भीमको जीवनीबाट प्रभावित आरआरआरलाई दर्शकले अत्यधिक मन पराएका छन् ।

यो फिल्मले आठौं दिनमा समेत ३७ देखि ४० करोड रूपैयाँको व्यवसाय गर्न सफल भएको छ ।राम चरण तथा जुनियर आरटिआरको यो फिल्मले एक हप्तामै ७५० करोडको आँकडा पार गरेको छ।

बलिउडका व्यापार विश्लेषक तरण आदर्शका अनुसार आरआरआरले अहिलेसम्म विश्वव्यापी ७ सय ५० करोड भारू भन्दा बढी आम्दानी गरिसकेको छ ।यो फिल्मले पहिलो दिन २ सय २३ करोड भारू आम्दानी गरेको थियो भने दोस्रो दिन १ सय ३३ करोड, तेस्रो दिन १ सय ४० करोड, चौथो दिन ६९ करोड, पाँचौं दिन ६० करोड, छैठौं दिन ४५ करोड, सातौ ४० करोड र आठौं दिन ४० करोड भारु आम्दानी गरेको थियो ।

यसरी यो फिल्मले एक हप्तामै आफ्नो बजेट भन्दा बढी पैसा कमाउन सफल भएको छ। विश्वभरीबाट यो फिल्मले जसरी दर्शकको साथ पाएको छ, त्यसलाई मध्यनगर गर्दा आगामी दिनहरुमा आरआरआरको आम्दानीले नयाँ ईतिहास रच्न सक्ने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार