पर्सामा ५९ हजार ६२४ मतदाता थपिए

पर्सा । पर्सा जिल्लामा आगामी स्थानीय तहको निर्वाचनका लागि कूल तीन लाख ३९ हजार ८३६ मतदाता पुगेका छन् ।निर्वाचन आयोगका अनुसार जिल्लाका १४ स्थानीय तहमा कूल एक लाख ९१ हजार ५३७ पुरुष, एक लाख ४८ हजार २८३ महिला र १६ अन्य गरेर उक्त सङ्ख्याका मतदाता पुगेका हुन् ।

गत स्थानीय तहको निर्वाचनमा दुई लाख ८० हजार २१२ मतदाता भएकामा यसपटक ५९ हजार ६२४ मतदाता थपिएका हुन् ।सबैभन्दा बढी मतदाता सदरमुकाम वीरगञ्ज महानगरपालिकामा एक लाख २४ हजार ६४७ छन् । गत स्थानीय तहको निर्वाचनभन्दा अहिले १५ हजार ८४६ मतदाता बढेका हुन् ।सबैभन्दा कम मतदाता धोविनी गाउँपालिका छ । त्यहाँ केवल १२ हजार २३६ मतदाता छन् ।

यसैगरी तीन नगरपालिकामध्ये सबैभन्दा धेरै बहुदरमाई नगरपालिकामा २४ हजार ३१३, पर्सागढी नगरपालिकामा २२ हजार ८०७ र पोखरिया नगरपालिकामा १९ हजार ६६४ मतदाता छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार