मेरो न्वारानको नाम थाहा पाउँदा धेरैले भिटामिन डि प्राप्त गरे : करिश्मा

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले आफ्नो न्वारनको नाम थाहा पाएपछि धेरैलाई पोल्न थालेको बताएकी छन् । एक राजनीतिक कार्यक्रममा आफ्नो न्वारनको नाम भन्दा ट्रोल भएकी करिश्माले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो बताएकी हुन् ।

भर्खरै नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गरेकी करिश्माले फेसबुकमा आफ्नो र एमाले अध्यक्ष केपी ओलीको फोटो राख्दै क्याप्सनमा आफ्नो नाम थाहा पाएर धेरैलाई पोलेको लेखेकी हुन्।

उनले लेखेकी छन्, ‘सूर्य कुमारी, मेरो न्वारनको नाम थाहा पाउँदा धेरैलाई पोल्यो, भिटामिन डि प्राप्त भयो । राम्रो हो ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार