स्थानीय तहमा उम्मेदवारी दिँदा १९ बुँदे स्वघोषणा गर्नुपर्ने

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारले मनोनयन दर्ता गराउँदा मनोनयन पत्रका साथ १९ बुँदे स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले स्थानीय तहसँग सम्बन्धित कानूनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गर्दै त्यस्तो व्यवस्था गरेको हो ।

निर्देशिकामा निर्वाचन अधिकृतसम्बन्धी व्यवस्था, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत तथा कर्मचारी सम्बन्धी व्यवस्था, निर्वाचनसँग सम्बन्धित सरोकारवालाहरुको काम, कर्तव्य र अधिकार, उम्मेदवारको योग्यता तथा मनोनयन, मतदाता नामावली, मतदान र मतगणना सम्बन्धी व्यवस्था लगायत निर्वाचनको प्रभावकारी व्यवस्थापनको निम्ति आवश्यक विषयहरु समावेश गरिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार