स्थानीय चुनाव : २१ हजार ९५५ वटा मतदात केन्द्र तोक्ने आयोगको तयारी

काठमाडौं । २९ वैशाखमा हुने स्थानीय तह चुनावमा देशभर २१ हजार ९५५ वटा मतदात केन्द्र तोकिएको छ ।निर्वाचन आयोगले एक सूचना निकालेर १० हजार ७५६ मतदान स्थलमा २१ हजार ९५५ वटा मतदात केन्द्र रहने जनाएको हो । एउटा मतदान स्थलमा एक भन्दा बढी केन्द्र पनि रहने छन् ।

सबैभन्दा धेरै मधेस प्रदेशमा ४ हजार १८९ मतदान केन्द्र रहने जनाएको छ । यस्तै सवैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ३८५ वटा मतदान केन्द्र रहने छन् ।बागमती प्रदेशमा ४ हजार ९५, प्रदेश १ मा ४ हजार ५१, लुम्बिनी प्रदेशमा ३ हजार ८३२, गण्डकी प्रदेशमा २ हजार ३०० र सुदूरपश्चिम प्रदेशमा २ हजार १०३ वटा मतदान केन्द्र रहने आयोगले जनाएको छ ।
देशभर १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेका आयोगले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार