साना दललाई उनीहरुकै चिन्हमा चुनाव लड्न दिने आयोगको निर्णय

निर्वाचन आयोगले राष्ट्रिय मान्यता नपाएका ७३ साना दललाई उनीहरुको आफ्नै दलको चिन्हमा चुनाव लड्न दिने निर्णय गरेको छ । आइतबार साँझ आयोगको बसेको बैठकले सो निर्णय गरेको हो । राष्ट्रिय मान्यता नपाएका दलहरूलाई उनीहरुको संगठन रहेको जिल्लाको विवरण बुझाउन गत चैत ६ गतेसम्म समय दिइएको थियो ।

त्यस्तो विवरण बुझाएका ७३ दललाई चुनाव चिन्ह दिनेबारे शनिवार छलफल भएको र आइतबारको बैठकले निर्णय गरेको आयोगले जनाएको छ । स्थानीय तह निर्वाचन ऐन २०७३ मा रहेको प्रावधान अनुसार राष्ट्रिय मान्यता नपाएका दलहरुले आफ्नो पार्टीको चिन्ह लिएर चुनावमा भाग लिन नपाउने अवस्था थियो । उनीहरुले स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव लड्नुपर्ने अवस्था आएपछि विरोधका कार्यक्रम गर्दै आएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार