अन्तिम मतदाता नामावली प्रकाशनको तयारी

काठमाडौं । स्थानीय तहको निर्वाचनको लागि मतदाता नामावलीको अन्तिम सूची आज प्रकाशित हुने भएको छ । निर्वाचन आयोगले मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको अन्तिम सूची आज प्रकाशित गर्न लागेको हो ।आयोगका अनुसार दाबी विरोधपछि करिब एक लाख मतदाता घटेका छन् भने आगामी स्थानी तह निर्वाचनमा करिब एक करोड ७७ लाखभन्दा बढी मतदाताले मतदान गर्न पाउने छन् ।

मतदाता नामावली ऐनअनुसार अद्यावधिक मतदाता नामावली प्राप्त भएको मितिले ३५ दिनभित्र पुनरावलोकन गरी प्रकाशन गर्नुपर्नेछ । यसरी अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर, थपघट वा सच्याउन मिल्दैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार