सिटी, लिभरपुल र क्रिस्टल प्यालेस सेमिफाइनलमा

इंग्लिस प्रिमियर लिगका महारथी क्लबहरु  म्यानचेस्टर सिटी, लिभरपुल र क्रिस्टल प्यालेस एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार राति भएको खेलमा प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले साउथह्याम्टनमाथि उसकै मैदानमा ४–१ को सानदार  जित निकाल्यो ।

सिटीको फराकिलो जितमा रहिम स्टर्लिङ, केभिन डि ब्रुएन, फिल फोडेन र रियाद महारेजले गोल गरे । सिटीका रक्षक एमरिक लापोर्टाले आत्माघाती गोल गरेका थिए ।

अर्काे खेलमा लिभरपुलले नथिङघम फरेस्टलाई १–० ले पराजित गर्‍याे ।  लिभरपुलको जितमा डिएगो जोटाले ७८औं मिनेटमा निर्णायक गोल गरे ।

अर्काे खेलमा क्रिस्टल प्यालेसले एभर्टनमाथि ४-० अन्तरको सहज जित निकाल्यो ।प्यालेसको जितमा मार्क गुही, जिन फिलिप माटेटा, वेलफ्रेड जाहा र विल ह्युगले गोल गरे ।

योसँगै एफए कपको सेमिफाइनलको समिकरण पुरा भएको छ । सेमिफाइनलमा चेल्सी र क्रिस्टल प्यालेस तथा सिटी र लिभरपुलबीच प्रतिस्पर्धा हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार