नेपाललाई ट्रान्जिट बनाएर आउने विदेशीको पिसिआर नगर्न मन्त्रालयको निर्देशन

नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने विदेशी नागरिकको पीसीआर परिक्षण नगर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।

पछिल्लो समय नेपाललाई ट्रान्जिट बनाउँदै कोरोनाविरुद्धको खोप लगाउने र परिक्षण गर्ने विदेशी नागरिक बढेपछि स्वास्थ तथा जनसंख्या मन्त्रालयले त्यसमा रोक लगाएको हो । आइतबार मन्त्रालयले एक विज्ञप्ति जारी गरि नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परिक्षण मात्रै गर्ने गरी आएका विदेशी नागरिकहरूको परिक्षण नगराउन सबै प्रयोगशालाहरूलाई निर्देशन दिएको हो ।

यसरी परिक्षण गर्न आएकाहरूबाट संक्रमण जोखिम बढेको मन्त्रालयको ठहर छ । त्यस्ता मानिसहरूको कुनै प्रयोगशालाले परिक्षण गरेमा नियम अनुसार कारवाही गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार यसरी ट्रान्जिटमा आउने विदेशी नागरिकका कारण जनमानसमा कोभिड झन् फैलनसक्ने जोखिमलाई ध्यान दिँदै मन्त्रालयय सो निर्देश गरेको हो ।

मन्त्रालयले नेपाली नागरिक, कुटनैतिक निकाय, नेपालस्थित विभिन्न मिसनका कर्मचारी तथा उनीहरूका परिवार र नेपालमा बसोबास गरेका विदेशीलाई परिचय खुल्ने प्रमाणका आधारमा परिक्षण गरिदिन पनि अनुरोध गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार