अष्ट्रेलियामा आपतकालको घोषणा गर्ने प्रधानमन्त्री मोरिसनको तयारी

काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो देशको दुईवटा राज्यमा आएको बाढीका कारण राष्ट्रव्यापी आपतकालको घोषणा गर्ने बताएका छन् ।न्यु साउथ वेल्स एनएसडब्ल्यु र क्विन्स्ल्याण्डमा आएको बाढीमा परी २० जनाको मृत्यु भएको छ । रेकर्ड स्तरको वर्षापश्चात् पछिल्लो दुई हप्तामा हज्जारौं घर डुबानमा परेका छन् ।

बासिन्दाको तत्काल उद्दार नगरेको भन्दै मानिसले संघीय तथा स्थानीय सरकारमाथि रोष व्यक्त गरेका छन् ।मोरिसनको घोषणा – राष्ट्र पहिलो– ले संघीय अधिकारीलाई यसबारे प्रत्यक्ष हस्तक्षेप गर्न अनुमति दिनेछ ।

उनले लिस्मोरको शहरमा बुधबार यस्तो घोषणा गरेका हुन् । उनले ५ सय वर्ष पछि यस्तो घटना निम्तिएको बताए । बाढीका कारण यहाँ ४ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार