युक्रेनमा रुसी सैन्य आक्रमणमा परि भारतीय विद्यार्थीको मृत्यु

युक्रेनमा रुसी सैन्य आक्रमणमा परि एकजना भारतीय विद्यार्थीको मृत्यु भएको छ। युक्रेनको दोस्रो ठुलो शहर खार्किभमा गोली लागेर भारतीय छात्र नविन एसजीको मृत्यु भएको हो । दोहोरो भिडन्तमा उनको मृत्यु भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले ट्वीटरमार्फत् पुष्टि गरेका छन्।

उनका अनुसार मृतकको परिवार विदेश मन्त्रालयको सम्पर्कमा छ । २१ वर्षिय नबिन मेडिकल विद्यार्थी हुन् । खार्किभ नेशनल मेडिकल युनिभर्सिटीमा चौथो वर्षको एमबीबीएसका विद्यार्थी उनी भारतको कर्नाटकका हुन्।

यसअघि भारतीय विदेश सचिवले रुसी र युक्रेनका दूतलाई सम्पर्क गरेर भारतीय नागरिकलाई सुरक्षित रुपमा उद्धार गर्न सहयोग मागेका थिए । दुबै देशमा रहेका भारतीय राजदूतले पनि नागरिक फिर्ताका लागि पहल गरिरहेका छन् ।

भारतीय विदेश मन्त्रालयले युक्रेनको राजधानी केइभ छाड्न आफ्ना नागरिकलाई फेरि अपिल गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार