विप्लवसँग नारायणकाजीको गुनासो : माओवादीमा बस्न गाह्रो भयो

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले असहमतिबीच माओवादीमा बस्न गाह्रो हुने गुनासो गरेका छन् । नेकपा महासचिव विप्लवसँगको भेटमा उनले माओवादीमा बस्न गाह्रो हुने बताएका हुन् । संसदबाट एमसीसी अनुमोदन भएपछि श्रेष्ठ पार्टी अध्यक्ष प्रचण्डसँग रुष्ट छन् ।

विप्लव निकट एक नेताका अनुसार एमसीसीमा प्रचण्‍डले धोका दिएको सुनाएका थिए । उनले प्रचण्डले मात्रै होइन नेकपा एकीकृत समाजवादीका नेता माधव नेपालले पनि एमसीसीमा धोका दिएको सुनाएका थिए ।

विप्लव निकट स्रोतका अनुसार आगामी दिनमा सहकार्य गर्नेबारे समेत नेताद्वयबीच कुराकानी भएको थियो । नेकपा महासचिव विप्लवले क्रान्तिकारी कम्युनिष्‍टबीच धुव्रीकरण हुनुपर्ने धारणा राखेका थिए । विप्लवको प्रस्तावमा श्रेष्‍ठले सकारातमक जवाफ दिएको नेकपा ती नेताले बताए ।

गठबन्धनमा आवद्ध माओवादी र नेकपा एस एमसीसीको विपक्षमा थिए । तर उनीहरु अन्तिम समयमा एमसीसीको पक्षमा नै देखिएका थिए । एमसीसी पास भएसँग माओवादी भित्र विवाद चर्किएको छ । पार्टी अध्यक्ष प्रचण्ड विवाद मिलाउनको लागि लगातार जसो नेताहरुको सम्पर्कमा भएको बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार