युक्रेन–रुसबीच शान्तिवार्ताका लागि ठाउँ तयार : अधिकारीहरु बेलारुसमा

काठमाडौं । बेलारुसले युक्रेन र रुसका प्रतिनिधिमण्डलको वार्ताका लागि ठाउँ तयार भएको जनाएको छ । युक्रेनमाथि रुसले युद्धको सुरु गरेको पाँचौँ दिन पुग्दा बेलारुसले वार्ताका लागि ठाउँ तयार भएको बताएको बीबीसीले जनाएको छ ।

वार्ताका लागि युक्रेन र बेलारुसको सीमा नजिक ठाउँ तयार गरिएको छ । युक्रेन आफ्ना राजदूतलाई त्यहाँ पठाउन तयार भएको छ ।यसैबीच बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले रुसलाई सघाउन आफ्नो सेना पठाउने निर्णय गरेको रिपोर्टहरूमा भनिएको छ । यस्तो अवस्थामा पनि युक्रेन आफ्ना प्रतिनिधिमण्डल वार्ताका लागि पठाउन तयार छ ।

यस्तै रुससँग वार्ताका लागि युक्रेनी प्रतिनिधिमण्डल अहिले बेलारुस पुगेको जनाइएको छ । स्पुतनिकले सोमबार युक्रेनका पाँच सदस्यीय प्रतिनिधिमण्डल वार्ताका लागी बेलारुस पुगेका बताइएको छ ।

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण शुरु गरिएको गत बिहीबार बिहान घोषणा गरेका थिए । टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दैै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार