रुस-युक्रेन युद्धको पाँचौ दिन : अहिलेसम्म के-के भए ? (तस्बिरसहित)

युक्रेनमाथि रुसले हमला सुरु गरेको आज  पाँचौ  दिन हो । अहिलेसम्म ठुलो संख्यामा हताहती भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसी हमलामा कम्तिमा २४० सर्वसाधरणको हताहत भएको राष्ट्रसंघले उल्लेख गरेकाे छ ।

राष्ट्रसंघका अनुसार १ लाख ६० हजार युक्रेनी आन्तरिक रुपमा विस्थापित भएर अन्तर्राष्ट्रिय सीमा पार गर्न लागिरहेका छन् । रुसी हमलामा ५० लाख मानिस शरणार्थी बन्न सक्ने युक्रेन सरकारको अनुमान छ । राजधानी किभभन्दा बाहिरी सहरमा रहेको भासीलकिभस्थिते तेल डिपो रुसी आक्रमणमा प्रभावित भएको छ ।

रुसी सेना युक्रेनको राजधानी किभ र देशकै दोस्रो ठुलो शहर खार्किभ पनि प्रवेश गरेको छ । खार्किभ क्षेत्रीय प्रशासनका प्रमुख ओलेग सिनेगुबोभले रुसी सैन्य हतियारसहित छिरेको बताए । ‘आफ्नो वासस्थान नछोड्नुहोस् । युक्रेनको सशस्त्र सेनाले शत्रुलाई पराजित गर्दै छन्,’ उनले भनेका छन् ।

राजधानी किभ ढाल्ने प्रयास बिफल भएपछि रुसी फौज खार्किभ प्रवेश गरेका हुन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा रुसी सेना पूर्वीयुक्रेनमा रहेको खार्किभतर्फ बढिरहेको देखिन्छ । एउटा नाटकीय क्लिपमा रुसी सेना बिस्तारै सडकमा अगाडि बढ्दै गोली हानेको देख्न सकिन्छ ।

यसैबीच युक्रेन सरकारले रुसी सेनाविरुद्ध कडा प्रतिकार गर्न उर्दी गर्दै सर्वसाधारणलाइ विभिन्न निर्देशन जारी गरेको छ । ‘सडक चिन्हरु हटाउनू, रुसी सेनाको गतिविधि असम्भव पार्न रुख ढाल, घरमा निर्मित आगजनी उपकरणहरू प्रयोग गर, प्रमुख यातायात केन्द्रहरू भत्काउनुहोस्, रात वा गोधुलीमा बढी सक्रीय हुनु’ सरकारले जनतालाई भनेको छ ।

रुसी हमलाको अहिले विश्वभर विरोध भैरहेको छ । रुसमै पनि युक्रेनमाथिको आक्रमणको विरोध भैरहेको छ ।

तस्बिरहरु – राेयटर्स 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार