रुस-युक्रेन युद्ध : विश्वको सबैभन्दा ठूलो विमान नस्ट

काठमाडौं । विश्वको सबैभन्दा ठूलो विमान, एन्टोनोभ एएन–२२५, युक्रेनमा रुसी आक्रमणको क्रममा ध्वस्त भएको युक्रेनी अधिकारीहरुले दाबी गरेका छन् । यो विमानको ध्वस्त भएको खबरले विश्वको उड्डन जगतमा चिन्ता उत्पन्न गरेको छ । उक्त विमानले उड्डयन क्षेत्रमा शीर्ष स्थान ओगटेको छ ।

युक्रेनियन भाषामा ‘म्रिया’ र ‘ड्रिम’ भनिने यो विशाल विमान किएभ नजिकैको एयरफिल्डमा पार्क गरिएको थियो । यसलाई रुसी आक्रमणकारीले हमला गरेको युक्रेनी अधिकारीले बताए । आफूले यो विमान पुनः निर्माण गर्ने पनि उनीहरुले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार