रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्यो, राजधानीमा विष्फोट

काठमाडौं । रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गरेका हुन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन संकटबारे छलफल चलिरहेको बेला रुसले यस्तो घोषणा गरेको हो ।

पुटिनले टेलिभिजन सम्बोधनको क्रममा डोनबास क्षेत्रमा विशेष सैन्य अभियान सुरु भएको घोषणा गरेको बीबीसीले जनाएको छ ।

यसैबीच राजधानी किभ, डोनेट्स्क र लहान्सक क्षेत्रमा ठूला विष्फोटको आवाज सुनिएको बीबीसीले जनाएको छ । डोनेट्स्क र लुहान्सकलाई रुसले स्वतन्त्र राज्यको मान्यता दिइसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार