लक्ष्मी बैंकको ओरेन्ज सेभिङ प्लसमा थप आकर्षक सुविधाहरु

लक्ष्मी बैंकको प्रिमियम बचत खाता ओरेन्ज सेभिङ प्लसबाट ग्राहकहरूले अब ४.५ प्रतिशत वार्षिक ब्याज दरको साथै थप आकर्षक सुविधाहरू प्राप्त गर्न सक्ने भएका छन् ।

ओरेन्ज सेभिङ प्लस खाता भएका ग्राहकले १ लाख रुपैयाँसम्मको वार्षिक स्वास्थ्य बिमा र १० लाख रुपैयाँसम्मको दुर्घटना मृत्युअक्षमता बीमा सुविधा पाउन सक्नेछन् । यति मात्र नभएर डेबिट कार्ड, क्रेडिट कार्ड र डलर ट्राभल कार्ड पनि निस्शुल्क जारी गरिनुका साथै लक्ष्मी बैंकको डेबिट कार्ड नेपाल भरी कुनै पनि एटीएममा प्रयोग गर्दा लाग्ने शुल्क फिर्ता गरिने बैंकले जनाएको छ ।

अझ नयाँ वर्षको अफर अन्तर्गत वैशाख महिनाभरी ओरेन्ज सेभिङ प्लस खाता खोल्ने ग्राहकहरुले लक्ष्मी बैंकको प्रि(पेड डलर कार्ड ओरेन्ज कार्ड निस्शुल्क प्राप्त गर्नेछन् । सो अफर ओरेन्ज सेभिङ प्लस वर्तमान ग्राहकहरुको लागि पनि लागू हुनेछ ।

यसै गरी विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीहरुको लागि ल्याइएको विशेष खाता ‘शुभश्री लक्ष्मी बचत खाता’ मा पनि बैंकले पनि विभिन्न सुविधाका साथमा ४.५ प्रतिशतको उच्च ब्याजदर प्रदान गरिरहेको छ ।

थप जानकारी प्राप्त गर्न वा खाता खोल्नका लागि लक्ष्मी बैंकको नजिकैको शाखा अथवा बैंकको वेबसाईट www.laxmibank.com मा जान सक्ने बैंकले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार