सर्वोच्च अदालतको न्यायाधीशमा चुडाल र सुवेदी नियुक्त

Sunrise Bank Middle Size

राष्ट्रपति विद्यादेवी भण्डारीले डा कुमार चुडाल (झापा) र नहकुल सुवेदी (म्याग्दी) लाई सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त गरेकी छन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को २ बमोजिम न्याय परिषद्को सिफारिसमा आज उनीहरुलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । चुडाल हाल उच्च अदालत, पाटन र सुवेदी उच्च अदालत, सुर्खेतमा मुख्य न्यायाशीश छन् । उनीहरुको नामलाई संसदीय सुनुवाइ विशेष समितिले केही दिनअघि अनुमोदन गरेको थियो ।

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...