ओभरलोड बोक्ने ९७ टिप्पर कारबाहीमा

मकवानपुरका विभिन्न स्थानबाट तोकिएको भन्दा बढी वजन/ओभरलोड बोक्ने ९७ टिपरलाई प्रहरीले कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पूर्वपश्चिम राजमार्गमा गरेको प्रहरी चेकमा ओभरलोड बोक्ने टिपरलाई कारबाही गरिएको  हो  ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका–११ स्थित पूर्वपश्चिम लोकमार्ग र हेटौँडा–१  स्थित तिर्तिरेधारा क्षेत्रमा प्रहरीको टोली चेकजाँच गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार