ग्लोबल आइएमई लघुवित्तको नाफा २२.२५% ले बढ्यो, रिजर्भमा पनि ९४.४३% को छलाङ

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । समीक्षा अवधिमा संस्थाले १४ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

जुन गत वर्षको यही अवधिको तुलनामा २२.२५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १२ करोड ९ लाख खुद नाफा गरेको थियो ।

यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा पनि बढेको छ । जसले गर्दा नाफा आर्जन गर्न धेरै सहयोग देखिएको छ । कम्पनीको खुद ब्याज आम्दानी ५४.४१ प्रतिशतले बढेर ३० करोड ३७ लाख ७६ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि १३.१२ प्रतिशतले बढेर १५ करोड ७ लाख रुपैयाँ रहेको छ ।

५५ करोड २५ लाख ८९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको  छ । संस्थाको रिजर्भको आकार ९४.४३ प्रतिशतले बढेर ३६ करोड ५४ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा रिजर्भमा १८ करोड ७९ लाख रुपैयाँ रहेको थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५३.५३ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३४.४७ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १६६.१३ रुपैयाँ रहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार