सेञ्चुरी कमर्शियल बैंकले ६. ५ प्रतिशत लाभांश दिने

सेञ्चुरी कमर्सियल बैंकको एघारौं वार्षिक साधरणसभाले ६.५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । शुक्रबार भएको  भएको एघारौं वार्षिक साधारण सभाले   संचालक समितीद्वारा प्रस्तावित उक्त लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

यस्तै साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाड लगायतका प्रतिवेदन पारित गरेको छ । साथै साधारण सभाबाट बैंकको संस्थापक समूहमा हाल रहेको ५३.४१५ शेयर संरचनालाई ५१५ हुने गरी शेयरधनीहको शेयर संरचना परिवर्तन गर्ने संचालक समितिको निर्णय अनुमोदन गरेको छ ।

सेञ्चुरी कमर्सियल बैंकले हाल १२६ शाखा १० एक्सटेन्सन काउन्टर, २५ शाखा रहित बैंकिङ्ग र १०८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

सेञ्चुरी बैंकको सेयर स्वामित्व संरचना परिवर्तन हुने

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार