नेपाल र भारतबीचको सम्बन्ध कमजोर बनाउने षडयन्त्र भए: मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीचको सम्बन्ध कमजोर बनाउने षडयन्त्र बेला बेला हुने गरेको बताएका छन् ।

नेपाल भारत मैत्री संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले सनसनीपूर्ण गलत अपुष्ट सुचना संप्रेषण गरेर नेपाल भारत सम्बन्धलाई प्रदुषित गर्ने प्रत्यन्त भएको समेत बताए । उनले सरकार नेपाल र भारतको सम्बन्ध थप प्रगाढ बनाउँदै अघि बढाउन प्रतिवद्ध रहेको धारणा राखेका छन् । मन्त्री ज्ञवाली नेपाल भारतसँगको मित्रतालाई उच्च महत्व दिने र आर्थिक सामाजिक साझेदारीमार्फत सम्बन्धलाई परिणाममूखि बनाउन चाहेको जिकिर गरे । नेपाल भारतबीच असल सम्बन्ध र समझदारी बाहेक अर्को विकल्प नरहेको उनको भनाई छ ।

त्यस्तै सञ्चारमन्त्री पार्वत गुरुङले छिमेकी राष्ट्रहरुको सम्बन्ध थप प्रगाढ भए जनताको सम्बन्ध पनि प्रगाढ हुने बताएका छन् । उनले नेपाल र भारतबीचको सम्बन्धमा चिसोपना आउन नदिने उल्लेख गरे । कार्यक्रममा नेपाल भारत मैत्री संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार