एसियालीपन देखाएको भन्दै स्टुडियोमै फोन गरेर कार्यक्रम प्रस्तोताको हुर्मत लिएपछि…

अमेरिकाको मध्यपश्चिमी राज्य मिसउरीका एक टेलिभिजन प्रस्तोतामा एशियाली लबज देखिएको भन्दै दर्शकले उनको कडा आलोचना गरेका छन् ।

गत साता अमेरिकी समाचार संस्था सीएनएनसँग आबद्ध केएसडीके न्युजकी कार्यक्रम प्रस्तोता मिसेल लीले बढी ‘एसियालीपन  देखाएकाे भन्दै उनको आलोचना भएको हो । गत साता एक अपरिचित महिला श्रोताले केएसडीकेमा फोन गरेर पत्रकार तथा कार्यक्रम प्रस्तोता मिसेलको चर्को आलोचना गरेकी थिइन् ।

मिसेलले बिदाको समयमा खानेकुराको बारेमा चर्चा गरेकी थिइन् । कार्यक्रमको अन्त्यमा ४२ वर्षीया प्रस्तोतले आफूले डम्पलिङ सुप खाएको र अधिकांश कोरियालीले यो सुप खाने गरेको बताएकी थिइन् । डम्पलिङ सुप कोरियाको प्रख्यात खानेकुरा हो । प्रस्तोतामाथि जातिवादको आरोप लागेको थियो ।

एक जना दर्शकले टेलिभिजन स्टेसनमा भोइस मेसेज पठाएर यस्तो गुनासो गरेका थिए –तपाईको एसियाली प्रस्तोताले एसियाली हुनुबारे केही भनेकी छिन् । नयाँ वर्षमा एसियालीले डम्पलिङ खान्छन् रे । कार्यक्रममा निश्चित क्षेत्रलाई प्रवर्धन गरेर खानेकुराको विज्ञापन गरेको मलाई खासै उचित लागेन । उनी एसियाली मूलकी रहिछिन् । मलाई थाहा छैन, उनले आफूमा भएको कोरियालीपन कति समयसम्म टिकिरहने हुन् ।

भोइस मेसेज गर्ने व्यक्तिले गोराहरुले कस्तो खान्छन् भन्ने बारेमा पनि जानाकारी दिन अनुरोध गरेकी थिइन् । सो गुनासोपछि आफू स्तब्ध भएको कार्यक्रम प्रस्तोताले बताएकी छिन् । आफूमाथि जातीय विभेद भएको उनले बताएकी छिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार