रेशम चौधरीले गठन गरे ‘नागरिक उन्मुक्ति पार्टी’, अध्यक्षमा श्रीमती रञ्जिता

निलम्बित सांसद रेशम चौधरीको नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी’ गठन गरेका छन् । सोमबार चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको अध्‍यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका हुन् ।

नयाँ पार्टी दर्ता गर्न बाजागाजासहित नेताहरू निर्वाचन आयोगमा पुगेका थिए । कैलाली टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका चौधरीको समर्थित नेताहरू भृकुटीमण्डपमा भेला भएर ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि आयोगको कार्यालय पुगेका हुन् ।

आफ्नै अध्यक्षतामा उक्त पार्टी गठन गर्न लागिएको भए पनि त्यो सम्भव नभएपछि चौधरीले आफ्नी श्रीमतीको नाममा पार्टी गठन गरेका हुन्।

पछिल्ला केही दिनयता चौधरीको रिहाइको माग राखेर काठमाडौंमा प्रदर्शन भइरहेको छ । कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी टीकापुर घटनामा दोषी ठहर गरेपछि उनी अहिले पनि कैद भुक्तानका लागि कारगारमा छन् ।

उनी जेलमा रहँदा नै वारिसबाट उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । अहिले पनि जेलमा रहँदा नै उनको पार्टी दर्ता गर्न लागिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार