माओवादीकाे नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु, मतदाता नामावली प्रकाशन

नेकपा (माओवादी केन्द्र)को नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रबाट विधान मस्यौदा पारित भएसँगै निर्वाचनका मतदाता नामावली प्रकाशन भएको हो ।

माओवादी निर्वाचन समितिले महाधिवेशनस्थलमा १ हजार ७४२ जनाको नामावली टाँसेको छ ।

शनिबार नै  स्थायी समिति सदस्य देव गुरुङले पेश गरेकाे पार्टी विधान परिमार्जनसहित पारित भएकाे छ । विधानअनुसार महाधिवेशन प्रतिनिधिहरुले २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । केन्द्रीय कमिटीमा ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ । उक्त निर्वाचित कमिटीले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने छ ।

तर, सर्वसम्मति प्रयासका लागि नै साँझ ५ बजेसम्म बन्दसत्र स्थगित गरी नेताहरुबीच छलफल चलिरहेकाे छ । सहमतिबाटै नभएकाे खण्डमा लोकतान्त्रिक पद्धतिबाट निर्वाचन हुने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताइसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार