अब विदेश घुम्दा जाँदा वर्षमा ३ हजार डलर मात्रै साट्न पाइने

नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति जोगाउन अर्को नीति लिएको छ । २ साताअघि आयात नियन्त्रण गर्ने व्यवस्था गरेको राष्ट्र बैंकले अब विदेश भ्रमणमा जानेलाई डलरमा कडाइ गरेको हो ।

अबदेखि विदेश घुम्न जानेले वर्षमा २ पटकमात्रै डलर सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकिकृत परिपत्र २०७६ मा परिमार्जन गर्दै डलर सटहीसम्बन्धी नयाँ व्यवस्था गरेको हो ।

अर्थात् वर्षमा २ पल्ट १५ सयका दरले ३ हजार डलरमात्र साट्न पाइने भएको छ । यस्तै डलर साट्न जाँदा पैसाको स्रोत पनि घोषणा गर्नुपर्छ । यस्तै डलर साट्न जाँदा पासपोर्ट होल्डर स्वयम् उपस्थित हुनुपर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार