माओवादी महाधिवेशन- आज समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने

कपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रतिवेदनमाथि आज समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

दिउँसो एक बजेदेखि टोली नेताले छलफलको निष्कर्ष सुनाउने कार्यतालिका छ । समूह प्रमुखलाई प्रस्तुतिका लागि १५ मिनेटको समय दिइएको छ ।

सोमबारदेखि बन्दसत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । सो प्रतिवेदनमा छलफल गर्न प्रतिनिधिहरुलाई २५ समूहमा विभाजन गरिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार