अमेरिकाले आइसोलेशनको अवधि आधा घटायो, फ्रान्समा थप कडाइ

अमेरिकाले लक्षण नदेखिएका कोरोना भाइरस सङ्क्रमित आइसोलेशनमा बस्ने अवधि आधाले घटाएको छ । आइसोलेशन अवधि दश दिनबाट घटाएर पाँच दिन कायम गरेको हो ।

सेन्टर्स फर डिजिज कन्ट्रोलले त्यसपछिका पाँच दिनमा मास्क लगाउन सुझाव दिएको छ । कोभिड सङ्क्रमण बढ्दै गएपछि अमेरिकाभरिको यात्रा अस्तव्यस्त हुँदा पछिल्लो घोषणा गरेको हो ।

ओमिक्रोन भेरियन्टले अस्पतालमा भीडभाड बढाउने जोखिम रहँदा राष्ट्रपति जो बाइडेनले परीक्षणमा रहेका कमजोरीसँग जुझ्ने प्रतिबद्धता जनाएका छन् । पछिल्लो विवरणबारे जानकारी दिँदै सीडीसीकी निर्देशक रुसेल वुलेन्स्कीले नयाँ परिवर्तनहरूले मानिसहरूले सुरक्षित रूपमा आफ्नो दैनिक जीवनलाई निरन्तरता दिने सुनिश्चित गरेको बताइन् ।

अमेरिकामा पछिल्ला दुई दिनमा दैनिक दुई लाखभन्दा बढी सङ्क्रमणका घटना देखा परेका छन् ।

यसैबीच फ्रान्सले ओमिक्रोन भेरियन्टका कारण प्रतिबन्धमा कडाइ गरेको छ । कर्फ्यु वा लकडाउन नलगाइए पनि सबैलाई मास्क अनिवार्य गरिएको छ ।

कर्मचारीहरूलाई कम्तीमा तीन दिन घरबाटै काम गर्न भनिएको छ । पछिल्लो व्यवस्थामा ठूला भेलालाई सीमित बनाइएको छ र लामो दूरीका गाडीमा खान र पिउन प्रतिबन्ध लगाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार