राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने भएको छ । शनिबार बसेको स्थायी कमिटीको बैठकले आइतबारबाट काठमाडौँमा गर्ने भनेको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय सम्मेलनले नीति र नेतृत्व चयन गर्ने भएपछि पार्टीको तल्लो तहबाटै महाधिवेशन भन्दै आएकोले सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । अब उक्त निर्णय आइतबार बिहान बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार