एमालेद्वारा बुधबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध

प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध जनाएको छ ।

बुधबार सभामुख अग्निप्रसाद सापकोटाले सदन सुरु भएको अभिव्यक्ति दिए लगत्तै एमाले सांसदहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेका हुन् ।

संसदको नवौँ अधिवेशनदेखि नै एमालेका सांसदहरूले लगातार नाराबाजी गर्दै आएका छन् । संघीय संसद्को दशौँ अधिवशेन गत मंसिर २८ गतेदेखि शुरु भएको छ । विधेयक अधिवेशनका रुपमा रहेको चालु अधिवेशन निर्वाध रुपमा चल्ने संकेत देखिएको छैन । चालु अधिवेशनको दुई बैठकमा पनि एमालेको अवरोध कायम रह्यो ।

तर, अवरोधका बीच पनि संसद् कार्यसूचीमा प्रवेश गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार