वायुसेवा निगममा ‘सोभेनियर सेल्स काउन्टर’ शुरु

नेपाल वायुसेवा निगमले नेपाली मौलिक उत्पादनहरु यात्रुलाई बिक्रीको रुपमा उपलब्ध गराउन निगमको टिकट बिक्री कक्षमा बुधबारदेखी सोभेनियर सेल्स काउण्टर स्थापना गरेको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले उक्त सेल्स काउन्टरको उद्घाटन गरेका हुन् । केन्द्रीय कार्यालयको टिकट बिक्री कक्षमा खोलिएको सोभेनियर सेल्स काउन्टरजस्तै निगमका अन्य कार्यालयमा पनि क्रमशः खोल्दै जाने लक्ष्य राखिएको छ ।

नेपालको कला संस्कृतिलाई अन्तर्राष्ट्रिय जगत्मा फैलाउँदै विपन्न वर्गको सीपलाई प्रोत्साहन गर्न उक्त काउन्टरको स्थापना गरिएको हो । नेपाली उत्पादनलाई स्वदेशी एवम् विदेशी यात्रुको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा पुर्याउने निगमको उद्देश्य रहेको छ ।

नेपाली कच्चा पदार्थ बा“स, घा“स आदिबाट बनेका ढक्की, ब्यालेट, पर्सका साथै कप, टी–म्याट, विमानमा यात्रा गर्दा प्रयोग गरिने लगाउने नेक–पिलो र विमानका नमुनाजस्ता सामानहरु सेल्स काउन्टरमा उपलब्ध हुनेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार