बारका पदाधिकारी एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट जाँदै

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलन गरिरहेका नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसहित वकिलहरुले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने भएका छन् ।

एमालेलाई पनि महाअभियोगमा मनाउन बार नेतृत्वको टोलीले आज अपरान्ह साढे १२ बजे अध्यक्ष ओलीलाई भेट्न लागेको बारका महासचिव लिलामणि पौडेलले जानकारी दिए । एमाले सहमत नभएसम्म महाअभियोग पारित नहुने र प्रधानन्यायाधीशविरुद्ध सत्ता गठबन्धनले महाअभियोग लगाएमा एमालेले परमादेश जारी गर्ने अन्य चार न्यायाधीशविरुद्ध पनि महाअभियोग लगाउने निश्चित रहेकाले ओलीसँग बारको भेटलाई अर्थपूर्ण मानिएको छ ।

आन्दोलनकारी वकिल र बार नेतृत्व केपी ओलीका विरोधी मानिन्छन् । यसअघि बारले एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङसँग भेटे पनि ओलीले भेट दिएका थिएनन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार