आईपीएलः राजस्थान रोयल्समाथि पञ्जाबको रोमाञ्चक जीत

पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग आईपीएलमा रोमाञ्चक जीत हात पार्दै विजयी सुरुवात गरेको छ । आईपीएलको चौधौं संस्करणको पहिलो चरणको गएराती भएको अन्तिम खेलमा पञ्जावले राजस्थान रोयल्सलाई चार रनले पछि पार्दै जीत निकालेको हो ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको पञ्जावले २० ओभरमा छ विकेट गुमाउँदै २ सय २१ रनको विशाल योगफल बनाएको थियो । जसमा कप्तान के।एल। रावल र दीपक हुडाको उत्कृष्ट ब्याटिङ रहेको थियो ।

२ सय २२ रनको विजय लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको राजस्थान २० ओभरमा सात विकेट गुमाउँदै २ सय १७ रनमा समेटिएपछि जीत पञ्जावको हातमा गएको हो ।

राजस्थानका डेब्यु कप्तान सञ्जु सामसनले आफ्नो शतकीय पारी खेलेपनि टिमलाई जीत भने दिलाउन सकेनन् । ६३ बलमा १ सय १९ रनको व्यक्तिगत रन बनाएवापत कप्तान सञ्जु प्लेयर अफ द म्याच घोषित भएका थिए । अब पञ्जावले आउँदो शुक्रबार आफ्नो दोस्रो खेल चेन्नई सुपर किङ्ससँग खेल्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार