एमालेकाे बन्दसत्र हल अगाडि सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी

सौरहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ ।

शुक्रबार नारायणी किनारमा उद्घाटन भएको महाधिवेशको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो । बन्दसत्रस्थल बाहिर ‘केपी ओली, हाइहाई’, ‘सर्वसम्मत हुनै पर्छ’, ‘नेकपा एमाले, जिन्दावाद’ लगायतको नारा लगाइएको छ ।

वडा र पालिकास्तरमा नेतृत्व चयनमा सर्वसम्मति गरेको एमालेले केन्द्रीय नेतृत्वमा पनि सर्वसम्मतिबाटै चयन गर्नुपर्ने महाधिवेशनमा सहभागी केही प्रतिनिधिको धारणा छ । नेताहरूले धमाधम उम्मेदवारी घोषणा गरेकाले महाधिवेशनमा सहभागी हुन आएका कार्यकर्ताले नाराबाजी गरेका हुन् ।

एमाले यसपटक सर्वसम्मत नेतृत्व चयन गर्ने कसरतमा छ तर अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका उपाध्यक्ष भीम रावल आफ्नो अडानबाट पछि हटेका छैनन् । एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने उनकाे अडान छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार