यसरी चल्छ नेपालमा दैनिक ७ करोडको यौनव्यवसाय (भिडियोसहित)

टिभी अन्नपूर्ण, काठमाडौं ।

नेपालमा भूसको आगो झै फैलदैं छ यौन बजार, बाहिर झट्ट हेर्दा न यौनवजारको पर्दाभित्र नजर पु्ग्छ न दन्केको यौनबजार नियन्त्रणको बाटोमा नै छ । नेपालको यौनवजारलाई वैधानिकता नदिएको भएपनि हरेक दिन करोडौंको लेनदेन चल्ने गरेको छ भन्दा धेरैलाई पत्याउनै गाह्राे छ । तर यहि सत्य हो नेपालको यौनबजार अब कसैले चाहेर पनि नियन्त्रण गर्न नसक्ने गरि फैलदों छ । यही कारण पनि हुन सक्छ भित्रभित्रै नेपालमा पनि रेडलाइट एरिया तोकी यौनबजारलाई व्यवस्थित गर्नुपर्ने आवाज गुञ्जिन थालेको छ ।

पर्यटन व्यवसायीको भनाईलाई पत्याउने हो भने, प्रत्येक दिन काठमाडौंमा ६० लाख देखी १ करोड ५० लाख रुपैयाँसम्मको यौन व्यापार हुने गरेको छ । यो आँकडा काठमाडौंमा सञ्चालित मनोरञ्जन क्षेत्र र होटलहरुको मात्रै हो ।

मनोरञ्जन क्षेत्रअन्तर्गत डान्सबार, क्याबिन, मसाज, दोहोरी साँझ, खुला रेस्टुरेन्ट, डिस्को आदि पर्छन् भने होटल अन्र्तगत राजधानीका तारेहोटलसहित खाने बस्ने प्रबन्ध भएका राजधानीका ठमेल, वागबजार, गोंगबु र सुन्धारा क्षेत्रका होटलहरु पर्दछन ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समीर गुरुङका अनुसार काठमाडौंमा संञ्चालित मनोरञ्जन क्षेत्रमा ६० हजारले प्रत्यक्ष रोजगार पाएका छन् । त्यसमध्ये ८० प्रतिशत कामदार महिला छन् भने त्यसको ४५ प्रतिशत महिला यौन व्यवसायमा संलग्न छन् । उनले भने, ‘रात्रिकालीन व्यवसाय भनौँ या मनोरञ्जन क्षेत्रमा ६० हजारले प्रत्यक्ष रोजगार पाएको हामीसँग तथ्यांक छ । त्यसमध्ये धेरै महिला छन् । उनीहरू क्लिनर, वेटर, क्याप्टेन, गायिका, मसाजकर्ता लगायत विभिन्न काममा आबद्ध छन् ।’

गुरुङको भनाइलाई आधार मान्दा राजधानीमा सञ्चालित मनोरञ्जन क्षेत्रमा मात्रै ५० हजार महिला विभिन्न काममा संलग्न छन् । उनीहरू मध्ये ६० प्रतिशत महिला यौन व्यवसायमा संलग्न हुन्छन् भन्ने गुरुङको भनाइअनुसार त्यो संख्या ११ हजार दुई सय ५० हुन आउँछ ।

स्टार होटलले आफु यस्ता क्रियाकलापमा संलग्न भएको नदेखाउन ग्राहकलाई आफनो सम्र्पकका ट्याक्सी व्यवसायी, बिभिन्न चलचित्रका निर्माताहरु मार्फत तिनै चलचित्रमा संलग्न यूवतीहरुलाई यौनव्यवसायमा प्रयोग गर्ने गरेको उनि बताउछन ।

ठमेलमा आउने अधिकांश ग्राहकको माग चलेका मोडल वा सानो पर्दाको होस वा ठुलो पर्दाका नायिकाहरु नै पहिलो रोजाईमा पर्ने गरेका छन । यहि कारण पछिल्लो समय ठमेल आसपासका क्षेत्रमा क्रियाशिल महिला यौनव्यवसायीहरु नै सर्टमुभिको नाममा बन्ने बिभिन्न खाले भिडियोमा नायिकाको रुपमा देखिने गरेको गुरुङको भनाई छ ।

यिनीहरु यौनव्यवसायमा महंगा यूवतीको रुपमा पनि चिनिने गरेका छन । यस आधारमा प्रत्येक रात मनोरञ्जन क्षेत्रमा काम गर्नेहरूबाट मात्रै २ करोड ६८ लाख ७५ हजार रुपैयाँ व्यापार हुने देखिन्छ । यस आधारमा हेर्दा प्रत्येक महिना यस क्षेत्रमा न्यूनतम १ अर्ब ३ करोड ६२ लाख ५० हजार रुपैयाँको कारोबार हुन्छ ।

लुकिछिपी नै किन नहोस् यस क्षेत्र प्रत्येक महिना हुने यौन व्यापारको परिणाम निकै ठूलो भएको परिषद्का उपाध्यक्ष गुरुङ बताउँछन् । उनले भने, ‘युवतीले सेवा दिएबापत न्यूनतम दरको हिसाबले मात्रै प्रत्येक महिना १ अर्ब हाराहारीको व्यापार देखिन्छ । तर, यो परिणाम अझ बढ्दो छ ।

मनोरञ्जनका क्षेत्र र स्टार होटलहरु बाहेक काठमाडौंका सुन्धारा गोगंबु र बागवजार र कंलकीका होटलहरु पनि यौन व्यवसाय हुने स्थानको रुपमा चिनिन्छन । तर यस्ता होटलमा प्रहरीको नियमित चेकजाँच र धरपकटका कारण कुनै पुरुष वा महिलाले पारिवारकै रुपमा परिचय दिएर ल्याउने महिला वा पुरुष बाहेक व्यवसायिक यौनकर्मिहरु नहुने होटल व्यवसायी संघका पूर्व उपाध्यक्ष छत्र बस्नेतको भनाई छ ।

खासगरि उच्चबर्गिय यूवायूवतीहरु गोपनियता र सुरक्षाका कारण महंगो रकम तिरेर तारे होटलहरुमा पुग्ने र मध्ययम तथा निम्न बर्गियहरु सुन्धारा गोंगबु बागवजार लगायतका क्षेत्रका असंगठित स साना होटलहरुमा जाने भएकाले यस्तो व्यवसायमा सबै होटल व्यवसायीहरुलाई मुछ्न नहुने तर्क गर्छन । बरु प्रहरीकै मिलोमतोमा केही असंगठित साना होटल र स्थापित तारेहोटलभित्र यौन व्यवसाय चल्ने गरको होटल गोर्खाज्का संचालक उमेश केसी बताउछन ।

उनको भनाईलाई पत्याईदिने हो भने राजधानीमा यौनव्यासयको जालो प्रहरीकै हातमा छ । यहि जालोका कारण स्वयम यौनव्यवसायमा लाग्ने महिलाहरु नै ठगिने गरेको पनि उनि बताउछन ।

यूवतीले यो व्यवसायमा गर्ने आम्दानीभन्दा बढि प्रहरीले कमाउने गरेको ठमेल पर्यटन परिषदका अध्यक्ष समिर गुरुङको आरोप छ । अध्यक्ष गुरुङ भन्छन डान्सबारबाट मात्रै प्रहरीले प्रत्येक महिना लाखौँ उठाउछ । गुरुङ थप्छन ‘हाम्रो तथ्यांकमा डान्सबार मात्रै दुई सय पचास वटा छन् ।

प्रत्येक बारबाट प्रहरी इन्चार्जले न्यूनतम प्रतिमहिना पाँच हजार रुपैयाँ उठाउँछन् । सईको भागमा दुई हजार पाँच सय रुपैयाँ पर्छ । असईले एक हजार पाँच सय उठाउँछन् भने सिपाही, हवल्दारले एक हजार रुपैयाँ उठाउँछन् । यस आधारमा दुई सय डान्सबारले इन्चार्जदेखि सिपाहीसम्म एक–एकजनालाई मात्रै रकम दिँदा पनि प्रतिमहिना २८ लाख रुपैयाँ हुन्छ ।’

प्रहरीले साना गेस्ट हाउस, क्याबिन, मसाज, दोहोरी साँझ, खुला रेस्टुरेन्ट, डिस्कोबाट उठाउने रकमको दर फरक छ । अझै यिनीहरुले स्टार होटलको धन्दा जोगाएवापत त लाखौैंको बक्स्सि आउने गरेको आरोप लगाए ।

गुरुङका अनुसार प्रहरीका इन्चार्जले उठाउने रकमको दर क्याबिन, मसाज तथा गेस्ट हाउसमा धेरै छ । उनले भने, ‘डान्सबार एउटा सूचकमात्रै हो । त्यसबाहेकका स्थानमा प्रहरीले धेरै रकम उठाउँछ । यस आधारमा मनोरञ्जन क्षेत्रबाट प्रहरीले निकै ठूलो कमाइ गर्छ ।’ त्यसबाहेकको रकम सञ्चालकको हात पर्छ ।

यहि कारण पनि होला भूसको आगो झै फैलदों यौन व्यवसायलाई व्यवस्थित गर्न केही बर्षअघिमात्रै तत्कालीन पर्यटनमन्त्री शरतसिंह भण्डारीले ‘रेडलाइट एरिया’ तोक्नुको विकल्प छैन भन्दा महिला अधिकारकर्मीको चर्को आलोचना खेपेका थिए ।

लुकिछिपी हुने यौन व्यापार महिनामै अर्बको हाराहारीमा हुने देखिएपछि व्यवसायीहरू पनि मन्त्री भण्डारीकै भनाइको पक्षमा उभिएका छन् । परिषद् अध्यक्ष गुरुङ यो व्यवसायलाई व्यवस्थित गर्नुको विकल्प नरहेको बताउँछन् । उनी भन्छन, ‘यसलाई चाहेर पनि रोक्न सक्ने अवस्था छैन । यसलाई व्यवस्थित गर्न सके सरकारले प्रतिमहिना करोडौँ रुपैयाँ आम्दानी गर्न सक्छ । यसो हुँदा कमिसनका रूपमा प्रहरीलाई दिने रकम रोकिन्छ ।

व्यवसायमा संलग्न हुने महिलासमेत सुरक्षित हुने अवस्था बन्छ ।’ काठमाडौं होटल व्यवसायी संघका पूर्वअध्यक्ष छत्र बस्नेत पनि यो व्यवसायलाई व्यवस्थित गर्न सके यस्तो व्यवसायमा लाग्दै नलाग्ने होटलहरु पनि अनुमानकै भरमा लाग्ने आरोपबाट जोगिने र यहि व्यवसाय गर्न चाहानेहरुबाट राज्यलाई पनि आम्दानीको स्रोत हुने बताउँछन् । उनी थप्छन ‘यौन पर्यटकका रूपमा नेपाली बैंकक जाने गरेको उदाहरण हामीसँग छ । नेपालमै यसलाई व्यवस्थित गर्न सके त्यो रोकिन्छ । राज्यले पनि ठूलो धन राशि आम्दानी गर्न सक्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार