आज मिति २०७८ फागुन १९ गते, बिहीबार, यस्तो छ आजको राशिफल

२०७८ फागुन १९ गते, बिहीवार, ३ मार्च २०२२। फाल्गुण शुक्लपक्ष, प्रतिपदा तिथि। पूर्वभाद्रपदा नक्षत्र। चन्द्रराशि– कुम्भ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
-आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सकिएला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
-नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । प्रेममा सफलता पाइनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
-आफन्तसँग रमाइलो भेटघाट हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रेममा सम्बन्धमा मधुरता छाउनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
-सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनुहोला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
-चलाखीपूर्ण बलिको प्रभावले आँटेको काम हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । वाहन लाभ पनि हुने समय छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
-आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ व्यापार व्यवसायमा प्रगति होला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
-आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । दानपुण्यका कार्यमा सहभागी भइनेछ । शुभकार्यको चर्चा पनि रहला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
-आज लाभदायक यात्रा रहनेछ । लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
-श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी पनि हुनसक्छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
-आज काममा सफलता मिल्नेछ भने मनमा भएको बोझ हट्नेछ । अरूले सापटी लगेको रकम फिर्ता पाइनेछ । मानसम्मानसमेत प्राप्त हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
-आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । स्वास्थ्यमा सुधार पनि आउला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
-आज सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ला, तर साँझमा सहयोग मिल्ने र मन प्रसन्न रहनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार