लगातार घट्दै सुनको मूल्य, कतिमा कारोबार हुँदैछ आज ?

नेपाली बजारमा सुनको मूल्य आज पनि सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ । त्यसैगरी, तेजावी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबार पनि सुनको मूल्य तोलामा ६ सय रुपैयाँले गिरावट आएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार २३० रुपैयाँ कायम भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार