फुजेल घटनाका सबै आरोपितलाई सफाई

जिल्ला अदालत चितवनको निर्णय उच्च अदालत हेटौँडाद्वारा सदर

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको आरोप लागेका सबै प्रतिवादीले सफाई पाएका छन् । उच्च अदालत पाटन, हेटौंडाका न्यायाधीशद्वय चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले चितवन जिल्ला अदालतको फैसला सदर गर्ने निर्णय गरेको हो ।

२०६१ जेठ २४ मा चितवन रत्ननगरमा रहेका हजुरबुवा र हजुर आमालाई भेट्न आएका बेला गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या भएको थियो । तत्कालीन विद्रोही माओवादीले हत्याको जिम्मा लिएको थियो । आफ्ना छोरा कृष्णप्रसादको हत्यामा गोरखा फुजेल बस्ने सीता अधिकारी, छविलाल पौडेलसहित १२ जना संलग्न रहेको भन्दै उनका बुबा नन्दप्रसाद र आमा गंगामाया अधिकारीले जाहेरी दिएका थिए ।

सोही जाहेरीका आधारमा प्रहरीले लगाएको मुद्दामा जिल्ला अदालत चितवनले साढे २ वर्षअघि सबै प्रतिवादीलाई सफाइ दिएको थियो ।

साढे २ वर्षअघि चितवन जिल्ला अदालतले प्रतिवादीहरूले अधिकारी हत्या गरेको भन्ने प्रमाण नपुगेको भन्दै सफाइ दिने फैसला गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार