धनगढीका रिक्सामा मेगा बैंकको क्युआर कोड सेवा

मेगा बैैंक नेपालले क्युआर कोड सेवा उपलब्ध गराएपछि धनगढीका विद्युतीय रिक्सा चालकहरू खुसी भएका छन् । विद्युतीय रिक्सा चालक मजदुर संघसँगको सम्झौतामा बैंकले कैलालीको धनगढीमा क्युआर कोड उपलब्ध गराएपछि चालक खुसी छन् ।

नेपाल राष्ट्र बैंक भुक्तानी विभागका कार्यकारी निर्देशक भुवन कँडेलले मेगा बैैंकको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक कार्यालयमा एक कार्यक्रमबीच रिक्सा चालकलाई क्युआर कोड हस्तान्तरण गरेका थिए । बैंकसँग कारोबार गर्न पाउँदा खुसी लागेको चालकको भनाइ छ ।

अब धनगढीका रिक्सामा यात्रुले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसनमार्फत भाडा रकम सजिलै क्युआर कोडबाट भुक्तानी गर्न सक्नेछन् । नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोबार र नगदरहित कारोबारलाई बढवा दिने नेपाल राष्ट्र बैंकको नीतिबमोजिम मेगा बैंकले क्युआर कोड सेवा सञ्चालन गरेको हो ।

क्युआर कोडबाट भुक्तानी गर्दा छिटो छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने, कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने भएकाले व्यवसायी तथा उपभोक्ताको आकर्षण दिन प्रतिदिन बढ्दै गइरहेको बैंकले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार