सोमबार सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएकोमा सोमबार तीन सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको हो ।

त्यसैगरी, तेजावी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको मूल्यमा पनि तोलामा १५ रुपैयाँ घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २८० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँ कायम भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार