कञ्चनपुरको महेन्द्रनगरस्थित वृद्धाश्रममै च्याउ खेती

मनकारी दाताका सहयोगबाट सञ्चालित कञ्चनपुरको महेन्द्रनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा व्यवसायिक च्याउ खेतीबाट मनग्य आम्दानी गर्न थालिएको छ ।वृद्धाश्रमको आयस्रोत बढाउनुका साथै आश्रित जेष्ठ नागरिकका पालपोषणमा सहयोग पुगोस् भन्ने उद्देश्यले लामो समयदेखि यहाँको बनखेतमा रहेको सो केन्द्रमा च्याउँखेती गरिँदै आएको छ ।

केन्द्रका अध्यक्ष शारदा चन्दले वृद्धाश्रम सञ्चालनमा आर्थिक रुपले टेवा पुगोस् भन्ने ध्येयले आफूहरु विगत एक दशक यता वद्धाश्रमै च्याउखेती गरिरहेको जानकारी दिए ।“वृद्धाश्रमलाई स्थानीयदेखि संघीय सरकारको कुनै नियमित सहयोग छैन् ।” उनले भने“ दाताहरुको सहयोग र पछिल्लो समय कार्यसमिति नै आयमुलक काममा खटिएर वद्धाश्रम सञ्चालन गरिरहेका छौं ।”

डेढ दशकदेखि अधिकारकर्मी उनका नेतृत्वले सञ्चालन गरेको वद्धाश्रममा हाल सुदूश्चिमदेखि काठमाण्डौं, भक्तपुर, दाङ्ग र सिराहा लगायतका जिल्लाका गरी ६३ वद्धा आश्रित रहेका छन् । अध्यक्ष चन्दले पछिल्लो समय च्याउखेतीको मौसममा च्याउ बिक्रीबाट रु तीन लाखसम्म आम्दानी भएको बताए ।
“ च्याउखेतीका लागि कृषि ज्ञान केन्द्रबाट सहयोग हुँदै आएको छ ।” उनले भने“ यस पटक भने आश्रममा पालेका कुखुरा बेचेर च्याउको बीउ खरिद गरेका छौं ।”उनले स्थानीय सरकारबाट वृद्धाश्रमलाई सहयोग नभएकोप्रति गुनासो पोखे ।“ पालिकामा जनप्रतिनिधी आएपछि वृद्धाश्रमलाई दिने रकम नै कटौती भयो ।” अध्यक्ष चन्दले भने“ हामीले अहिले सामाजिक सञ्जालमा समेत क्याम्पियन चलाएर वद्धाश्रम सञ्चालन गरिरहेका छौं ।”

उनले गत बर्ष सुदूरपश्चिम प्रदेश सरकारले भने वृद्धाश्रमलाई रु पाँच लाख सहयोग गरेको बताए । उनले वृद्धाश्रममा च्याउखेती, कुखुरा पालन र वृद्धाश्रमको चार कठठ खेतमा फलफुल खेती गर्ने तयारी गरिएको बताए ।“ च्याउ र कुखुरा खेतीबाट आम्दानी ठिकै भएको छ ।” उनले भने“ जेनतेन मनकारी दाता, व्यक्तिको सहयोगबाट वद्धाश्रम चलेको छ ।”
वद्धाश्रम सञ्चालनका लागि बार्षिक रु ४० लाख भन्दा बढी रकम खर्च हुने गरेको जनाइएको छ ।त्यसैगरी यहाँको बेदकोट नगरपालिका–८ मा रहेको बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्र पनि दाताका सहयोगमा चलिरहेको छ ।

“ यहाँ जन्मदिन, श्राद्ध लगायतका पुनित कार्यमा आउनेहरुबाट निकै सहयोग भइरहेको छ ।” सेवा केन्द्रका उपाध्यक्ष मोहनबहादुर चन्दले भने“ गत बर्ष बेदकोट नगरपालिकाले पनि रु तीन लाख सहयोग गरेको थियो ।” उनले मुठिठ्दानबाट सुरु भएको वद्धाश्रमको अवस्था आर्थिक रुपले सबल हुन नसकेको बताए ।उनले वद्धाश्रमको व्यवस्थान खर्चका लागि गत बर्ष प्रदेश सरकारले रु पाँच लाख सहयोग गर्नुका साथै संरचना निर्माणमा पनि सहयोग रहेको जानकारी दिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार