फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, खाना पकाउने ग्यासमा पनि वृद्धि

सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलका प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ ।  अब पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मटितेलको प्रतिलिटर मूल्य ११९ रुपैयाँ भएको छ ।

त्यस्तै खाना पकाउने ग्यासको पनि मूल्य बढेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ कायम गरिएको छ ।  बढेको मूल्य आज मध्यरातदेखि लागि हुनेछ । यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको भाउ रु ३ नै बढाएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार